Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

तनहुँमा कोरोना संक्रमणको नया रेकर्डः संक्रमित शुन्य, मृत्यु शुन्य

तनहुँमा कोरोना संक्रमणको नया रेकर्डः संक्रमित शुन्य, मृत्यु शुन्य

images

इच्छाकामना न्युज

१४, आषाढ २०७८
तनहुँमा कोरोना संक्रमणको नया रेकर्डः संक्रमित शुन्य, मृत्यु शुन्य
images

तनहुँ, १४ असार । तनहुँको कोरोना संक्रमणमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

कोरोनाको पहिलो र दोश्रो लहरका बेला पनि कहिल्यै नदेखिएको रेकर्ड तनहुँमा पछिल्लो २४ घण्टामा कायम भएको छ । २४ घण्टामा एक जना पनि संक्रमित भेटिएका छैनन् । यसैगरी, संक्रमणका कारण मृतक पनि भेटिएनन् ।

‘यो शुन्य रेकर्ड हो’ स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले भने । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस अवधिमा परीक्षण भने ११ जनाको भएको थियो ।

दोश्रो चरणको कोरोना संक्रमण लहरका क्रममा चार जनासम्ममा संक्रमण झरेको थियो । संक्रमण उक्लने र झर्ने क्रम चलिरहँदा सोमबार भने शून्य संक्रमणको किर्तिमान बनेको हो ।

images
प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - २०:३४:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology