Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लाखौ रुपैयाँ नगद सहित भरतपुरबाट १३ जुवाडे पक्राउ

लाखौ रुपैयाँ नगद सहित भरतपुरबाट १३ जुवाडे पक्राउ

इच्छाकामना न्युज

१३, आषाढ २०७८
लाखौ रुपैयाँ नगद सहित भरतपुरबाट १३ जुवाडे पक्राउ
images

भरतपुर, १३ असार । जिल्ला प्रहरी कार्यालय चितवनले लाखौ रुपैयाँ नगद सहित १३ जना जुवाडेलाई भरतपुरबाट पक्राउ गरेको छ। प्रहरीले शनिबार राति नगद २ लाख ३२ हजार ६ सय ८० रुपैयाँ सहित १३ जना जुवाडेलाई भरतपुर २ क्षेत्रपुर स्थित सुगम पियाँको घरबाट पक्राउ गरेको हो।

images
images

पक्राउ पर्नेमा भरतपुर २ का घरधनी सुगम पियाका साथै, भरतपुर २ कै राजेन्द्र कसाई, रोशन खड्का, बिजय गुरुङ, मनिज कुमार, सुर्य बोहोरा, बद्रि बोहरा, ११ का पदम तामाङ, रमेश प्रजापति, ३ को बिनोद खड्गी, ७, को राम बहादुर मगर, १२ का आशिष गुरुङ र गैडाकोट ९ नवलपुरका नवराज क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुर्य बहादुर थापाले जानकारी दिएको छ। 

images
प्रकाशित मिति :आषाढ १३, २०७८ आइतवार - २१:०७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology