Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गोरखाको पालुङटारमा पानीको बिषयमा विवाद हुदा आमाछोरी माथि खन्ती प्रहार, दुवै गम्भिर घाईते

गोरखाको पालुङटारमा पानीको बिषयमा विवाद हुदा आमाछोरी माथि खन्ती प्रहार, दुवै गम्भिर घाईते

images

इच्छाकामना न्युज

१३, आषाढ २०७८
गोरखाको पालुङटारमा पानीको बिषयमा विवाद हुदा आमाछोरी माथि खन्ती प्रहार, दुवै गम्भिर घाईते
images

गोरखा १३, असार । गोरखाको पालुङटारमा धाराको पानीको बिषयमा विवाद हुदा खन्ती प्रहार भएका छन । घाइते हुने आमा छोरी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पालुङटार नगरपालिका १ आहाले भन्ने स्थानमा आइतबार बिहान ४ः३० बजेको समयमा धाराको खानेपानीको बिषयमा विवाद हुदा ५४ बर्षिय ईश्वर कुमालले सोही स्थानमा बस्ने४३ बर्षिया सितामाया कुमाल र २० बर्षिया छोरी सुस्मिता कुमाललाई खन्ती प्रहार गरेर घाईते भएका हुन् ।

घाईते आमा छोरी दुवैको अवस्था गम्भिर भएकोले गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव निरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताउनुभयो ।

दुवै जनाको सघन उपचार कक्षमा उपचार भई रहेको र अहिले दुवै जना खतरा मुत्त रहेको पनि जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । खन्ती प्रहार गर्ने ईश्वर कुमाल गोरखा प्रहरी नियन्त्रण छन् ।

images
प्रकाशित मिति :आषाढ १३, २०७८ आइतवार - २०:०७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology