बिष्णु गौडेल, नवलपरासी पुर्व, ११ असार । नवलपरसाी पुर्व को हुप्सेकोट गाउँपालिकाले हाम्रो छोरीको सुनौलो भबिष्य कार्यक्रम मार्फत छोरी जन्मिए ५ हजार रुपैयाँ बैंक खातामा जम्मा गरिदिने भएको छ । आठौं गाउँसभा वाट पारित २०७८ ÷ ७९ को नीति तथा कार्यक्रम एवम् बजेट मार्फत छोरी जन्मिएर जन्मदर्ता गरेपछि गगाउँपालिकाले छोरीको नाममा बैंक खाता खोलि ५ हजार रकम जम्मा गरिदिने भएको हो ।
हुप्सेकोट गाउँपालिकामा आगामी आर्थिक वर्ष देखि सुरु हुने गरि तय गरिएको हाम्रो छोरीको सुनौलो भबिष्य कार्यक्रम कार्यविधि बनाएर सुरु गरिने गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले वताउनु भयो । छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले ५ हजार नगद जम्मा गरिदिने अध्यक्ष पाण्डेले बताउनु भयो ।
यसरी वैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भबिष्यका लागि वचत गर्ने बानीको विकास हुनुका साथै भबिष्यमा अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको अध्यक्ष पाण्डेले बताउनु भयो ।
यसैगरी हुप्सेकोट गाउँपालिकाको आगामी आर्थिक बर्षको नीति कार्यक्रममा एकल महिलाको साथमा स्थानीय सरकार भन्ने नाराको कार्यान्वयन गरि एकल महिलाको संरक्षण साथै सीप विकास एवं स्वरोजगारका कार्यकमहरु संचालनमा ल्याउने भएको छ ।
एकल महिला, वैदेशिक रोजगारबाट फिर्ता भएका, आर्थिक रुपमा कमजोर महिलालाई लक्षित रोजगार कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।