Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

छिमेकीहरूसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको प्रधानमन्त्री ओलीको भनाइ

छिमेकीहरूसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको प्रधानमन्त्री ओलीको भनाइ

इच्छाकामना न्युज

११, आषाढ २०७८
छिमेकीहरूसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको प्रधानमन्त्री ओलीको भनाइ
images

काठमाण्डौ, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीहरूसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताएका छन् । आज परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री ओलीले एउटाका विरुद्ध अर्काको कार्ड खेल्ने काम नेपालले नगर्ने बताउनुभयो ।

images
images

नेपालले राष्ट्रिय हितको बिषयका प्राथमिकताहरुलाई केन्द्रमा राखेर व्यवहार गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । राष्ट्रिय हितहरुको रक्षा र सम्बद्र्धन न्यायपूर्ण र अन्तर्राष्ट्रिय उत्तर दायित्वसहित हुनुपर्दछ भन्नेमा आफु रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

 जुध्ने भन्दा पनि मित्रताको नीति बनाएर अघि बढ्दा कायरता र लघुतावासको प्रतिनिधित्व नगर्ने भन्दै उहाँले त्यसले न्याय, शान्ति, र पारस्परिक लाभ र सम्मान प्राप्त गर्ने बताउनुभयो ।

 प्रधानमन्त्री ओलीले सार्वभौम समानता भनेर आफ्नो दृष्टिकोण अघि सारेको जानकारी गराउँदै त्यसभित्र थुप्रै कुराहरु अटाएको बताउनुभयो । 

images
प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - २२:०८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology