Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आगामी वर्षको लागि आँबुखैरेनी गाउँपालिकाको बजेट ६१ करोड ७० लाख

आगामी वर्षको लागि आँबुखैरेनी गाउँपालिकाको बजेट ६१ करोड ७० लाख

images

इच्छाकामना न्युज

१०, आषाढ २०७८
आगामी वर्षको लागि आँबुखैरेनी गाउँपालिकाको बजेट ६१ करोड ७० लाख
images

आँबुखैरेनी, १० असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ६१ करोड ७० लाख ६१ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ । बिहिवार भएको आठौँ गाउँसभा मार्फत उपाध्यक्ष पुष्पाकुमारी श्रेष्ठले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाको आगामी वर्षको नीति कार्यक्रम गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले प्रस्तुत गरेका थिए । अध्यक्ष थापाको अध्यक्षतामा भएको गाउँसभाले चालुतर्फ सामाजिक सुरक्षा भत्ता ७ करोड सहित ३७ करोड ३७ लाख १८ हजार र पूँजीगत तर्फ २४ करोड ३३ लाख ४३ हजारको बजेट अनुमान गरेको छ । राजश्व बाँडफाँड, विद्युत रोयल्टी, प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी लागत सहभागीता सहित अनुमानीत बजेट प्रस्तुत गरिएको हो ।

कुल बजेटको शीर्षक अनुसार आगामी वर्ष गाउँपालिकाले आर्थिक विकासतर्फ ५ करोड २७ लाख ४५ हजार, सामाजिक विकासतर्फ २१ करोड २३ लाख ९० हजार, पुर्वाधार विकासतर्फ १७ हरोड ०९ लाख ६० हजार बजेट विनियोजन गरेको छ। यस्तै सुशाशन तथा अन्तसम्बन्धीत १ करोड २७ लाख ५० हजार, कार्यालय संचालन तथा प्रशासनिक ९ करोड ८२ लाख १६ हजार र सामाजिक सुरक्षातर्फ ७ करोड बजेट प्रस्तुत गरेको छ। 

यसैगरी गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले सभामा प्रस्तुत गरेको निति कार्यक्रम अनुसार अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिने भएको छ। 

वार्षिक निति तथा कार्यक्रम 

 

 

images
प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - १९:०७:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology