Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

समिट लघुवित्तद्वारा स्वास्थ्य सामाग्री वितरण

समिट लघुवित्तद्वारा स्वास्थ्य सामाग्री वितरण

images

इच्छाकामना न्युज

१०, आषाढ २०७८
समिट लघुवित्तद्वारा स्वास्थ्य सामाग्री वितरण
images

गोरखा, १० असार । समिट लघुवित्त वित्तिय संस्था लिमिटेड गोरखाले कोभिड १९ दोस्रो लहरको रोकथाम गर्न फ्रन्ट लाईनमा खटिने सुरक्षाकर्मीहरुको लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ। संस्थाले आज गोरखा नगरपालिका १३ को ३ स्थानमा स्वास्थ्य सामाग्री वितरण गरेको हो। 

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखा र तनहुँको सिमा स्थित हेल्प डेक्समा खटिएका सुरक्षाकर्मीहरु, प्रहरी चौकी मझुवा देउरालीमा कार्यरत प्रहरी र रामशाह टोल विकास संस्था गोनपा १३ का लागि स्वास्थ्य सामाग्री वितरण गरेको हो। संस्थाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीहरुमा सर्जिकल माक्स, ह्याण्ड सेनिटाईजर र साबुनहरु रहेका छन्। 

sum.png

संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै कोभिड महामारीको संकटको बेला रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहिकार्य गर्ने हेल्पडेस्क, प्रहरी कार्यालय, जनस्वास्थ्य कार्यालय, सामाजिक संघसंस्था आदिलाई राहत वितरण गर्ने क्रममा सो स्वास्थ्य सामाग्री वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र बहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार संस्थाको सबै शाखा कार्यालयहरु मार्फत पनि विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरणको काम भैरहेको छ।

समीट लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त राष्ट्रिय स्तर कार्यक्षेत्र भएको ‘घ’ वर्ग वित्तीय संस्था हो । हाल यस संस्थाले देशभर ७ वटा प्रदेशमा ९५ वटा शाखा कार्यालयहरु मार्फत ५५,००० सेवाग्राही सदस्यहरुलाई वित्तीय सेवा प्रदानगर्दै आएको छ । 

संस्थाले आगामी दिनमा समेत आफ्नो वित्तीय सेवा प्रदान गरिरहेको क्षेत्रमा कोभिड– १९ को संक्रमणका कारण समस्यामा परेका सेवाग्राही सदस्यहरुलाई राहत तथा संक्रमण रोकथाम नियन्त्रणका लागि यस्ता कार्यहरु गर्दै जाने र यस महामारीबाट बाँचौं र बचाऔं भन्ने उद्देश्यका साथ जनचेतना फैलाउने, हरेक व्यक्ति स्वयम् सुरक्षित रहन अवलम्व गर्नु पर्ने न्यूनतम स्वास्थ्यका मापदण्ड पूरा गर्ने कार्यमा सहयोग पु¥याउदै संस्थाको सामाजिक उत्तरदायित्व पूरा गर्न अग्रसर रहेको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृतले जानकारी गराउनु भयो।

images
प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - १६:२५:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology