Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भरतपुर महानगरको आगामी आर्थिक वर्षको लागि ४ अर्ब ८१ करोड १२ लाख बजेट प्रस्तुत

भरतपुर महानगरको आगामी आर्थिक वर्षको लागि ४ अर्ब ८१ करोड १२ लाख बजेट प्रस्तुत

images

इच्छाकामना न्युज

१०, आषाढ २०७८
भरतपुर महानगरको आगामी आर्थिक वर्षको लागि ४ अर्ब ८१ करोड १२ लाख बजेट प्रस्तुत
images

चितवन । भरतपुर महानगरपालिकाले नवौँ नगर सभामा ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । 
यो बजेट गत वर्ष भन्दा ६५ करोड बढी हो । नवौँ नगरसभामा महानगर प्रमुख रेनु दाहालले आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन् । यसअघि आठौँ नगरसभामा महानगरले ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो । 

आन्तरिक आयतर्फ १ अर्ब २० करोड

आज नगरसभामा प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ १ अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाडबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, मर्मत सम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट ३–३ करोड आय हुने अनुमान गरिएको छ ।

हरेक वडालाई १ करोड ७० लाख

भरतपुर महानगर प्रमुख रेनु दाहालले आगामी वर्ष हरेक वडालाई १ करोड ७० लाखका दरले २९ वडालाई एकमुष्ठ बजेट ४९ करोड ३० लाख उपलब्ध गराउने बताइन् । उनले अधुरा योजनाको निरन्तरताका लागि ९८ करोड विनियोजन गरिएको जनाइन् । गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा २ करोड, शिक्षा विकासमा १२ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । 

कोभिड कोषका लागि १ करोड ९० लाख

कोभिड रोकथाम तथा नियन्त्रणका लागि कोभिड कोषका लागि १ करोड ९० लाख विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ९ करोड, सहकारी तथा रोजगारी प्रर्वधनमा ३ करोड ५० लाख, कृषि तथा पशुपंक्षी विकासमा ८ करोड ७० लाख, युवा तथा खेलकुदमा ३ करोड बजेट विनियोजन गरिएको छ ।

 

images
प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - १४:५२:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology