Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भरपुर महानगरको नगरसभामा पत्रकारलाई प्रवेश रोक

भरपुर महानगरको नगरसभामा पत्रकारलाई प्रवेश रोक

images

इच्छाकामना न्युज

१०, आषाढ २०७८
भरपुर महानगरको नगरसभामा पत्रकारलाई प्रवेश रोक
images

चितवन, १० असार । भरतपुर महानगरपालिकाको नवौं नगर सभामा समाचार संकलनमा रोक लगाईएको छ । समाचार संकलन गर्न कार्यक्रमस्थल बाहिर पुगेका पत्रकारलाई भित्र पस्न रोक लगाईएको हो । चितवन पोष्ट दैनिकका सम्पादक प्रकाश अर्यालले आज नेपाल पत्रकार महासंघ चितवन शाखालाई ध्यानाकर्षण पत्र पठाई उक्त घटनाको भत्र्सना गर्नुभएको छ ।

पत्रमा महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले चितवन पोष्टका संवाददाता कुलप्रसाद काफ्लेलाई कार्यक्रम स्थल बाहिरबाटै फर्काईएको जनाईएको छ । पत्रमा अगाडि भनिएको छ “स्वतन्त्र र निर्भिक पत्रकारिता विरुद्धमा जिम्मेवार व्यक्तिबाट भएको यस्तो कदमको हामी घोर भत्र्सना गर्दछौं ।” पत्रमा यस सम्बन्धमा आवश्यक कारवाही गर्न महासंघलाई अनुरोध समेत गरिएको छ ।

महासंघलाई प्रेषित पत्रको बोधार्थ प्रेस चौतारी नेपाल चितवन, नेपाल प्रेस युनिनयन चितवन र प्रेस सेन्टर चितवनलाई दिईएको छ ।प्रेस सल्लाहकार अधिकारीले आफू निकट केहि पत्रकारलाई भने नगरसभा हलमा प्रवेश गराएका छन् ।

202183275_4021375617959073_7670990951533017_n-1066x1536.jpg

images
प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - १४:४५:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology