काठमाण्डौ, १४ कार्तिक । आज नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५औं जन्मोत्सव मनाइँदै छ ।
आजकाे दिनलाई ‘मोहम्मद डे’ पनि भनिन्छ । आजको दिनमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एक अर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।
तर, यसवर्ष कोरोना महामारीका कारण सामूहिक भेला भएर गरिने कार्यक्रमहरु भने प्रभावित भएका छन् । यता मोहम्मदको जन्मजयन्तीको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक विदा दिएको छ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हिजाे ‘मोहम्मद डे’काे शुभकामना सन्देश दिँदै सार्वजनिक विदाकाे जानकारी गराएका हुन् ।