Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनको खैरहनीबाट नगद सहित पाँच जना जुवाडे पक्राउ

चितवनको खैरहनीबाट नगद सहित पाँच जना जुवाडे पक्राउ

इच्छाकामना न्युज

१०, आषाढ २०७८
चितवनको खैरहनीबाट नगद सहित पाँच जना जुवाडे पक्राउ

चितवन, १० असार । चितवनमा नगद सहित पाँच जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा खैरहनी नगरपालिका १ तरकारी चोकका चन्द्र प्रसाद श्रेष्ठ, सोही स्थान बस्ने हरिशरण तिमिल्सिना, राप्ती नगरपाकिला ५ भण्डाराका दिपेश बर्तौला, राप्ती ८ बिरेन्द्रनगरका सुदिप गिरि , राप्ती ६ भण्डाराका सन्दिप उप्रेती र राप्ती ८ नयाँरोड बस्ने प्रेम प्रसाद महतो रहेका छन् ।

images

उनिहरुलाई चितवनको खैरहनी २ चैनपुरचोक स्थित राप्ती अटोबर्कसपमा हार जित हुने गरी जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद रुं ९२ हजार ६६५ रुपैयाँ र तास १ बुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो । उनिहरुलाई जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता थापाले बताउनुभयो ।

images
प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - १०:४९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology