Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवनमा निउरो खोज्न जंगल गएकी महिलालाई बाघले आक्रमण गर्दा मृत्यु

चितवनमा निउरो खोज्न जंगल गएकी महिलालाई बाघले आक्रमण गर्दा मृत्यु

images

इच्छाकामना न्युज

७, आषाढ २०७८
चितवनमा निउरो खोज्न जंगल गएकी महिलालाई बाघले आक्रमण गर्दा मृत्यु
images

चितवन, ७ असार । चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्य भएको छ । आज दिउँसो साँढे एक बजेको समयमा रत्ननगर नगरपालिका ५ मगरटोल बस्ने ३२ वर्षकी गिता अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएको बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको हो ।

बाघको आक्रमणबाट मृत्यु भएकी अधिकारीको शव समयमा जंगलबाट ननिकालिएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । स्थानीयले निकुञ्जको सौराह सेक्टर कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । उनीहरुले कुर्सीहरु बाहिर निकालेर आगजनी गरेका हुन् । केही समय सो क्षेत्र तनावग्रस्त बनेको थियो ।

अपराहन्न ४ बजे चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषका कर्मचारीले बाघलाई डट गरेर नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

यो आर्थिक वर्षमा चितवनमा ४ जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ ।

images
प्रकाशित मिति :आषाढ ७, २०७८ सोमवार - २०:४२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology