Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण घट्यो, असारसम्ममा ४३६ जना सङ्क्रमित 

चितवनमा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण घट्यो, असारसम्ममा ४३६ जना सङ्क्रमित 

images

सिआईएन

७, आषाढ २०७८
चितवनमा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण घट्यो, असारसम्ममा ४३६ जना सङ्क्रमित 
images

सुवास लामिछाने, चितवन, ७ असार । चितवनमा गतवर्ष भन्दा यस वर्ष डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण कम भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा चितवनमा ४ हजार ९३० जना सङ्क्रमित देखिएकोमा यस वर्षको असार सम्ममा ५३६ जनामा मात्र यस सङ्क्रमण देखिएको छ । जुन संख्या अघिल्लो वर्षको तुलनामा धेरै कम हो ।

यसका लक्षण देखिएका बिरामीहरुको गतवर्ष परीक्षण बढी भएको थियो भने यस वर्ष परीक्षण पनि निकै कमभएको छ । गतवर्ष यसको सङ्क्रमणबाट डेङ्गुबाट तीनजना र स्क्रब टाइफसबाट दुई जनाको निधन भएको थियो ।

यस वर्षको असारमा स्क्रब टाइफसबाट एक जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालयका अनुसार डेंगुबाट भरतपुर महानगरपालिकामा ७३ जना, खैरहनीमा २० जना, रत्ननगगरमा ३० जना, राप्तीमा ८ जना, कालिकामा ७ जना र इच्छाकामनमा २ जना सङ्क्रमित भएका छन् ।

त्यस्तै स्क्रब टाइफसबाट असारसम्म भरतपुर महानगरपालिकामा ७२ जना, खैरहनीमा २३ जना, माडीमा १२ जना, रत्ननगरमा २८ जना, राप्तीमा १५ जना, कालिकामा १ जना र इच्छाकामनामा १ जना संक्रमित भएका छन् ।

images
प्रकाशित मिति :आषाढ ७, २०७८ सोमवार - २०:०८:०७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology