Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

संजिवनी दिदिबहिनी केन्द्र नेपालको समन्वयमा मादी खोलाले विस्थापित २० परिवारलाई राहत प्रदान

संजिवनी दिदिबहिनी केन्द्र नेपालको समन्वयमा मादी खोलाले विस्थापित २० परिवारलाई राहत प्रदान

images

इच्छाकामना न्युज

७, आषाढ २०७८
संजिवनी दिदिबहिनी केन्द्र नेपालको समन्वयमा मादी खोलाले विस्थापित २० परिवारलाई राहत प्रदान
images

पोखरा, ७ असार । कास्की मादि खोलाको बाढिपहिरोले विस्थापित २० घर परिवारलाई संजिवनी दिदिबहिनी केन्द्र नेपालको समन्वयमा राहत प्रदान गरिएको छ। केन्द्रले आईतबार कास्की मादी गाउँपालिका १ का मादी खोलाको बाढिपहिरोले विस्थापित परिवारलाई राहत वितरण गरिएको हो।

पिडितहरुलाई चामल १ बोरा, दाल २ केजी, तेल १ लिटर, नुन १ केजी, मस्यौरा १ प्याकेट लगायतका राहत सामाग्रीहरु प्रदान गरिएको केन्द्रका सचिव कौशिला गुरुङले जानकारी दिए।

बाढि पहिरो पिडितलाई सहयोग गर्न अष्ट्रेलिया बस्ने कास्की स्थित सिक्लेस, ताङ्गतिङ, पार्चे, खिलाङ्ग गाउँले परिवार मार्फत आएको सहयोग रकमबाट केन्द्रले पिडितहरुलाई सहयोग गरिएको उनले बताए। 

यस्तै सो सहयोग अस्ट्रेलियाबाट मादी गाउँ पालिका १ र २ का अमृता गुरुङ्ग सिक्लेश, शेजङ्ग गुरुङ्ग ताङ्गतिङ, सिमा गुरुङ्ग पार्चे, चुम गुरुङ्ग सिक्लेसको संयोजकत्वबाट प्राप्त भएको थियो।

यसैबिच सहयोग गर्ने सहयोगी दाताहरुलाई केन्द्रका अध्यक्ष बिना गुरुङले धन्यवाद दिएका छन्। अध्यक्ष गुरुङले कोरोना कहर र बाढिपहिरोको यो विषम परिस्थितिमा पिडामा परेकाहरुलाई सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन्।

राहत वितरण कार्यक्रममा केन्द्रका कोषाध्यक्ष लक्ष्मी गुरुङ्ग लगायत जनप्रतिनिधि टीका राम गुरुङ्ग, समाजसेबि दान बहादुर गुरुङ्गको रोहबरमा राहत बितरण गरिएको हो।

images
प्रकाशित मिति :आषाढ ७, २०७८ सोमवार - ०८:३८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology