Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

जगदम्बा स्टिलको उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु 

जगदम्बा स्टिलको उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु 

images

इच्छाकामना न्युज

६, आषाढ २०७८
जगदम्बा स्टिलको उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु 
images

अविनाश आचार्य, बारा, ६ असार । बाराको सिमरा स्थित जगदम्बा स्टिल ईण्डस्ट्रिजमा आलागी हुँदा त्यहाँ कार्यरत दुई मजदुरको मृत्यु भएको छ । अन्य चार जना घाईते भएको प्रहरीले जनाएको छ । भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीपगौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको हो ।

६ जना मजदुरले वेल्डीङको काम गरिहेका बेला अचानक आगलागी हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । घाइते भएका मध्ये दुई जनालाई उपचारका लागि काठमाण्डौँ पठाइएको छ । एक जनाको वीरगञ्ज स्थित वयोधा अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।

अर्का एक जना सामान्य उपचार पछी घर र्फिर्कएको प्रहरीले बताएको छ । गए राति करिब ८ बजे उद्योगमा रहेको फर्निस आयलको ट्याङ्की वेल्डीङ गर्ने क्रममा आगलागी भएको उद्योग प्रशासनले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ६, २०७८ आइतवार - ०९:०९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology