Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नुवाकोटमा जुवाखालवाट समातिए वडाध्यक्ष, ६६ हजार नगदसहित सात जना पक्राउ

नुवाकोटमा जुवाखालवाट समातिए वडाध्यक्ष, ६६ हजार नगदसहित सात जना पक्राउ

images

इच्छाकामना न्युज

५, आषाढ २०७८
नुवाकोटमा जुवाखालवाट समातिए वडाध्यक्ष, ६६ हजार नगदसहित सात जना पक्राउ
images

देवचन्द्र भट्ट, नुवाकोट, ५ असार । नुवाकोटको वेलकोटगढी नगरपालिकास्थित रातमाटेवाट प्रहरीले जुवा खेलिरहेका सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय एक जना वडाध्यक्षसमेत रहेका छन् ।

विदुरदेखि १५ किलोमिटर दक्षिणमा रहेको वेलकोटगढी नपा–७ रातमाटेवाट गएराति प्रहरीले जुवा खेलिरहेको समयमा छापा मारी नगदसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष हेमनिधी नेपालसहित सात जना रहेको  जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

विदुरवाट प्रहरी निरीक्षक ललीता ढकालको नेतृत्वमा गएको प्रहरी टोलीले नगद ६६ हजार आठसय १० रुपैयासहित जुवाखालबाट वडाध्यक्ष नेपालसहित सात जना समातेको नुवाकोट प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरिवहादुर वलीले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा छापा मार्दा उनीहरू पक्राउ परेको जनाइएको छ । उनीहरूलाई प्रहरीले फौजदारी अपराधको जुवा सम्वन्धि कसुरमा कारवहाी प्रक्रिया सुरु गरेको जनाएको छ ।    

images
प्रकाशित मिति :आषाढ ५, २०७८ शनिवार - १०:५६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology