Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

संजिवनी दिदिबहिनी केन्द्र नेपालद्वारा दृष्टिविहिन तथा एकल महिलालाई खाद्यान्न सहयोग

संजिवनी दिदिबहिनी केन्द्र नेपालद्वारा दृष्टिविहिन तथा एकल महिलालाई खाद्यान्न सहयोग

images

इच्छाकामना न्युज

४, आषाढ २०७८
संजिवनी दिदिबहिनी केन्द्र नेपालद्वारा दृष्टिविहिन तथा एकल महिलालाई खाद्यान्न सहयोग
images

पोखरा, ४ असार । पोखरामा स्थापित संजिवनी दिदिबहिनी केन्द्र नेपालले निषेधाज्ञामा प्रभावित परिवारलाई खाद्यान्न वितरण गरेको छ। केन्द्रले आज पोखरा १५ नयाँ गाउँमा बसोबास गर्ने दृष्टि विहिन तथा एकला महिला गरि ५ घर परिवारलाई खाद्यान्न वितरण गरेको हो। 

केन्द्रको सामाजिक उत्तरदायित्व अन्तर्गत निषेधाज्ञाबाट प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेको अध्यक्ष बिना गुरुङले बताए। यस्तै केन्द्रले कास्कीकै माछापुच्छ्रे गाउँपालिका २ मा रहेको सार्दिखोला आइसोलेसन केन्द्रलाई ६ थान पिपिइ सेट समेत प्रदान गरेको अध्यक्ष गुरुङले बताए।

202135807_2597093363925636_6218196409482169988_n.jpg 

विशेष गरेर पढ्ने अवसर नपाएका छोरी बुहारीलाई निःशुल्क पढाउने अभियानका साथ स्थापित केन्द्रले विभिन्न सामाजिक कामहरु समेत गर्ने गरेको छ। जसअन्तर्गत पछिल्लो समय संजिवनी दिदिबहिनी केन्द्र नेपालले कोरोना भाईरसका नया भेरीएन्टले विश्वभर आतंकित बनाइरहेको बेला आफ्नो देशमा केहि हदसम्म भएपनि महामारी बाट सुरक्षित बनाउन सकिन्छकी भन्ने उदेश्यले अस्पताल देखि बिभिन्न संघ, संस्था र व्यक्तिहरुलाई स्वास्थ्य सामाग्री तथा खाद्य सामाग्री सहित राहत वितरण गरीरहेको छ।

images
प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - २१:३९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology