चितवन, ४ असार । नगरक्षेत्रमा बसोवास गर्दै आएका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित वस्तीहरुमा कालिका नगरपालिकाले नक्साकंन गर्ने प्रकृया सुरु गरेको छ । लालपुर्जा वितरणका लागि नगरपालिकाले नक्साकंन गर्न थालेको हो ।
नगरक्षेत्रभित्रका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित वस्तीको क्षेत्रफल नाप्नका लागि वडा नम्बर ६ बाट कन्ट्रोल प्वाईन्ट निर्माणको काम आजदेखि सुरु गरेको हो । कन्ट्रोल प्वाइन्ट निर्माणको काम सुरुभएसँगै नक्साकंनको प्रकृया सुरु हुन्छ ।
नगर प्रमुख खुमनारायण श्रेष्ठ र भूमि सम्बन्धी समस्या सामाधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले संयुक्त रुपमा कन्ट्रोल प्वाईन्ट निर्माणको सिलन्यास गरेका छन् । वडा नम्बर ६ हुँदै अन्य सबै वडामा पुगेर प्राविधिकहरुले जग्गाको क्षेत्रफल नापेर नक्साकंन गर्नेछन् । कालिका नगरपालिकामा मात्रै २ सय वटा कन्ट्रोल प्वाईन्ट निर्माण हुनेछ ।