Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

मुग्लिन पुल निरिक्षण गरी फर्केका चितवन प्रहरी प्रमुख अधिकारी सहितको टोली चढेको गाडी गाइघाटमा दुर्घटना, एसपी सहित ६ जना घाईते

मुग्लिन पुल निरिक्षण गरी फर्केका चितवन प्रहरी प्रमुख अधिकारी सहितको टोली चढेको गाडी गाइघाटमा दुर्घटना, एसपी सहित ६ जना घाईते

images

इच्छाकामना न्युज

४, आषाढ २०७८
मुग्लिन पुल निरिक्षण गरी फर्केका चितवन प्रहरी प्रमुख अधिकारी सहितको टोली चढेको गाडी गाइघाटमा दुर्घटना, एसपी सहित ६ जना घाईते
images

चितवन, ४ असार । चितवनका प्रहरीका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी टोली दुर्घटनामा परेको छ । नारायणगढ–मुग्लिन सडक खण्ड र बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमन गरि र्फकिने क्रममा एसपी ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी टोली दुर्घटनामा परेका हुन् ।

मुग्लिन खडक खण्डको गाईघाटमा माल वाहक ट्रकको ठक्करबाट एसपी अधिकारीसहित ६ जना घाईते भएको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडियो) प्रेम लामिछानेले जानकारी दिए ।

“हामी मनसुन सुरु भएकोले विभिन्न ठाँउमा आफै सुरक्षा टोलीसहित निरीक्षण गर्ने अभियानमै थियौँ, मुग्लिन सडक र मुग्लिन पुलको अवस्थामा निरीक्षण गरेर फर्किदै थियौँ सिडियो लामिछानेले भने–एसपी साबको गाडी अगाडी थियो, एक्कासी ट्रकले हान्यो, धन्य केहि भएन् । हामी अन्य टोलीलाई केहि भएन् ।”

नारायणगढबाट मुग्लिन तर्फ जादै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले जिल्ला प्रहरी कार्यालय चितवनको एसपी सवार बा २ ज ३४७२ नम्बरको जीपलाई ठक्कर दिदाँ एसपीसहित ६ जना प्रहरी टोली घाईते भएका हुन् । घाईते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए । भने बाँकी ५ जना प्रहरीहरुको समेत कतै टाउको कतै हातमा चोट लागेको छ ।

घाईते सबैको कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भईरहेको छ । ट्रकको ठक्करका कारण प्रहरीको जीपको अगाडी भाग पूर्ण रुपमा क्षति छ । भने ठक्कर दिने गाडी र चालक चितवन प्रहरीको नियन्त्रणमा रहेको छ ।
“घाईते एसपी अधिकारीले भने निरीक्षण सकाएर फर्किदै थिए , सोचेको पनि थिईन् , एयर म्यागका कारण ठुलो दुर्घटनाबाट बचे ।”

images
प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - २०:०१:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology