Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

निरन्तरको वर्षासंगै मुग्लिनमा अवस्थित नेपालकै नमुना आर्कब्रिज जोखिममा

निरन्तरको वर्षासंगै मुग्लिनमा अवस्थित नेपालकै नमुना आर्कब्रिज जोखिममा

images

इच्छाकामना न्युज

१, आषाढ २०७८
निरन्तरको वर्षासंगै मुग्लिनमा अवस्थित नेपालकै नमुना आर्कब्रिज जोखिममा
images

मुग्लिन, १ असार ।  पृथ्वी राजमार्गको मुग्लिनबाट पोखरा तर्फ जाँदा त्रिशुली नदि माथि बनाइएको नेपालकै पहिलो आर्कब्रिज लगातारको वर्षाले जोखिमपूर्ण अवस्थामा पुगेको छ ।

नेपालले आफ्नो लगानी प्रविधि र दक्षता प्रयोग गरि निर्माण गरेको १६० मिटर लामो यो नमुना आर्कब्रिज वरिपरि नालिको उचित व्यवस्था नहुँदा जोखिमपूर्ण अवस्थामा पुगेको हो ‌।

यो पुलको मुग्लिन तर्फको मुखैनिर नालिको उचित व्यवस्था नहुँदा मनसुन सुरु भएसँगै लगातार आएको पानी सिधै पुलको जगमा ठोकिँनुका साथै सो क्षेत्रको वरपर बिस्तारै पहिरिदै गईरहेको छ ।

pul.jpg

त्यसैगरी पुल निर्माणसंगै लगाएको ग्याबिन जालिहरु पनि बिस्तारै भत्किँदै गएको छ भने सो स्थानमा रहेको सडक पनि भासिने अवस्था रहेको छ ।

गत वर्षको वर्षातयाममा परेको ठुलो पानीले सो ठाउँमा पहिरो जाँदा बिजुली को पोल तथा बिधुतको पोल समेत ढल्न पुगेको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरबाट पटक पटक आएर सो समस्याको अबलोकन गरेतापनि समस्याको समाधान तर्फ हालसम्म कुनै ठोस कदम चालेको छैन ।

यो समस्यालाई समयमा नै समाधान नगरेमा एकातिर सडक भासिने छ भने अर्कोतर्फ वर्षातको पानी सिधै पुलको जगसँग ठोक्किने हुँदा जगलाई बिस्तारै खियाउँदै कुनै पनि बेला पुलपनि खतरापूर्ण अवस्थामा पुग्ने स्थिति रहेको छ ।

images
प्रकाशित मिति :आषाढ १, २०७८ मंगलवार - १८:३४:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology