Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

युवा समिती तनहुँद्वारा स्वास्थ्य समाग्री हस्तान्तरण

युवा समिती तनहुँद्वारा स्वास्थ्य समाग्री हस्तान्तरण

बि.बि. श्रेष्ठ

२९, जेठ २०७८
युवा समिती तनहुँद्वारा स्वास्थ्य समाग्री हस्तान्तरण
images

दमौली, २९ जेठ । युवा समिती तनहुँले दमौली अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । युवा समिती तनहुँका अध्यक्ष रिता ढकाल र युवा समाजसेवी अमरराज सोतिको विशेष पहलमा जिल्ला अस्पताल तनहुँलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । 

images
images

युवा समिती तनहुँले दमौली अस्पतालमा ३ थान अक्सिजन सहितको सिलिण्डर, कोभिड–१९, गाउन सेट २०० थान, मास्क–२००० थान, एक्जामिनेसन लुज ग्लव्स २५० सेट, फेस सिल्ड– १०० थान, गम वुट १० जोर स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या सेवा विभागसँगको सहकार्यमा युवा समिती तनहुँले उक्त समाग्री दमौली अस्पताल विकास समितीका अध्यक्ष प्रदिपराज अधिकारीलाई हस्तान्तरण गरेको हो ।

स्वास्थ्य समाग्री वुझदै अस्पताल विकास समितीका अध्यक्ष अधिकारीले युवा समितीको स्वास्थ्य समाग्रीको सहयोगले कोभिड रोकथाम तथा नियन्त्रणमा महत्वपुर्ण भुमिका खेलेको वताउनुभयो । यो विषम परिस्थितीमा कोभिड सँग सवै मिेलेर लड्नुपर्ने हुदाँ युवा समितीको कार्यले कोभिड संक्रमितका लागी धेरै ठुलो राहत मिल्ने विश्वास लिएको वताउनुभयो । 

यसैगरि सोही अवसरमा युवा समिती तनहूँका अध्यक्ष रिता ढकालले देश नै विपदमा रहेको वेलामा सकेको सहयोग गर्नु युवा समितीको काम भएको वताउनुभयो । युवा समिती युवा लक्षित मात्र होईन, समाज र समुदाय सँग पनि जिम्मेवार भएको हुदाँ अगामी दिनमा पनि सक्ने सहयोग गर्ने वताउनुभयो ।

कार्यक्रममा नरदेवी आयुवैदिक अस्पताल व्यवस्थापन समितीका पुर्व अध्यक्ष शंकर पौडेल,ईन्जिनियर विवेक पौडेल लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । 

images
प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - २२:०३:४३ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology