Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

काँग्रेस वागमती प्रदेश सदस्य वैद्यको अभिव्यक्ति आलोचित 

काँग्रेस वागमती प्रदेश सदस्य वैद्यको अभिव्यक्ति आलोचित 

images

इच्छाकामना न्युज

२९, जेठ २०७८
काँग्रेस वागमती प्रदेश सदस्य वैद्यको अभिव्यक्ति आलोचित 
images

हेटौडा, २९ जेठ । नेपाली काँग्रेसको तर्फबाट वाग्मती प्रदेश सभा सदस्य बन्नुभएका नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अविव्यक्ति विवादित बनेको छ । वैद्यले हिजो प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताउनुभएको थियो । गोड्सेले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।

वैद्यले यस्तो अभिव्यक्ति दिए पनि प्रदेशसभामा कसैले नियमापत्ती जनाएन भने सभामुखले पनि रोकेनन् । वैद्यको यस्तो अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयमता गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिनुभएको छ ।

वैद्य काठमाडौं क्षेत्र नम्बर ४ (क) बाट बाग्मती प्रदेशसभामा काँग्रेसबाट निर्वाचित सांसद हुनुहुन्छ । काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पनि बैद्यले वागमती प्रदेशशभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

आलोचना गर्दा राख्नुपर्ने संयम,परिपक्वता र पार्टीको निति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न सामाजिक सञ्जाल ट्विटर मार्फत बानियाँले भन्नुभएको छ । 

images
प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - १०:१५:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology