Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउँदै

वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउँदै

images

इच्छाकामना न्युज

२७, जेठ २०७८
वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम  आज  आउँदै
images

काठमाडौं, २७ जेठ । आज वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आउँदैछ । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको हो ।

यसका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै पुराना महत्त्वपूर्ण कार्यक्रम र योजनाहरुलाई निरन्तरता दिने बागमती प्रदेश सरकारको तयारी छ ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ । वाग्मती प्रदेशमा प्रतिपक्षी दलले भने नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्न नदिने रणनीति बनाएका छन् ।

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - १०:२१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology