Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पढ्ने अवसर नपाएका छोरी–बुहारी पढाउने संजीवनीले गरे कोभिडको बेला यतिधेरै सहयोग

पढ्ने अवसर नपाएका छोरी–बुहारी पढाउने संजीवनीले गरे कोभिडको बेला यतिधेरै सहयोग

images

इच्छाकामना न्युज

२७, जेठ २०७८
पढ्ने अवसर नपाएका छोरी–बुहारी पढाउने संजीवनीले गरे कोभिडको बेला यतिधेरै सहयोग
images

पोखरा, २७ जेठ । कोरोना भाईरसका नया भेरीएन्टले विश्वभर आतंकित बनाइरहेको बेला आफ्नो देशमा केहि हदसम्म भएपनि महामारी बाट सुरक्षित बनाउन सकिन्छकी भन्ने उदेश्यले संजीवनी दिदीबहिनी केन्द्रले अस्पताल देखि बिभिन्न संघ, संस्था र व्यक्तिहरुलाई स्वास्थ्य सामाङ्ग्री तथा खाद्दे सामाङ्ग्री सहित राहत वितरण गरी सकेका छन् ।

कोभिड न्युनीकरण को लागि देशलाई केहि हद सम्म भएनी सहयोग गरौ भन्ने उदेश्यका साथ संजीवनी दिदीबहिनी केन्द्रले बनाएको यस अभियानमा
सामजिक आभियन्ता सन्जिवनीकी संस्थापक सदस्य  तथा हङकङ बिभागिय प्रमुख नानी कमला गुरुङ, सामाजिक आभियन्ता सस्थांपक सदस्य तथा बेल्जियम बिभागीय प्रमुख याम कुमारी (उमा) गुरुङ, अक्षयकोष दाता माइली तमुस्यो (पुष्पा), सामाजिक आभियन्ताहरु झुमा गुरुङ, ज्योती गुरुङ लगायतले सकृय रुपमा साथ दिएका छन् ।

संजीवनी दिदीबहिनी केन्द्रले कोभिडको पहिलो दोश्रो दुबै चरणमा सहयोग गरेका छन् ।

पहिलो चरणः
१) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाअन्चल अस्पताललाई कोभिड पिडितहरुको उपचारार्थ १४० थान एक सय चालीस थान अक्सिजन सिलिन्डर भर्नको लागी ७० हजार हस्तान्तण ।
२) बुटवल कालिकानगर निवासी नर बहादुर गुरुङ, मनसुवा गुरुङ र छोरा प्रेम गुरुङ एकै परिवारको तिनजनाको एक हप्तामा कोरोना संक्रमित भै मृत्यू भएको र बुहारी आइसोलेशनमा रहेकी छिन् भने ६ बर्षिय उनको छोरालाई आफन्तको घरमा राखिएको जानकारी छ यस विषम परिस्थितीमा २५ हजार सहायोग ।

दोस्रो चरणः
१) बतास फाउण्डेसनको पहलमा पश्चिमाअञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्ट र थप आइसियु कक्ष निर्माण कार्यको अभियानमा १ लाख रुपैयाँ एभरेस्ट एफएमका संञ्चालक सन्चारकर्मी दिपेन्द्र श्रेष्ठलाई हस्तान्तरण।
२) मादी गाउँ पालिका वडा ७ का वडा अध्यक्ष लाल बहादुर गुरुङ्लाई १० हजार बराबरको माक्स , सेनिटाइजर हस्तान्तरण।
३) पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान पश्चिमाअञ्चल अस्पताललाई ३९ हजार बराबरको Pantient Shifting Trolly दुइथान र अक्सिजन Trolly small  दुइथान हस्तान्तरण। 
४) घाँस काट्ने क्रममा रुखबाट लडि टाउकोमा गम्भीर चोट लागेका बाग्लुङ निवासी १८ बर्षिय अभिषेक रोकालाई उपचारको लागि १०हजार प्रदान। 
५) मादी गाउँ पालिका वडा नं. १ सिक्लेसमा अत्याधिक फैलिएको सङ्क्रमणलाई मध्य नजर राख्दै ८८ हजार बराबरको अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ।

पढ्ने अवसर नपाएका छोरी तथा बुहारी लाई पढाउने उदेश्यले स्थापित संजीवनी दिदीबहिनी केन्द्र नेपालले पछिल्लो समयमा आफ्नो बिधान भन्दा माथी उठेर गरीव, पिडित तथा देशलाई समस्या परेको बेला समेत सहयोगमा जुटेका छन् ।

केन्द्रको आफ्नो उदेश्य फरक भएपनि देशलाई दुःख पर्दा आफुहरु हेरेर बस्न नसक्ने भन्दै देशलाई दुःखमा धेरथोर सकेको सहयोग गरेका हौ र सहयोग गर्ने क्रम जारी रहेको पनि केन्द्रकी अध्यक्ष विना गुरुङले जानकारी दिए ।

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - ०९:१९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology