चितवन,२६ जेठ । फिस्लिङ–शक्तिखोर ग्रामिण सडक खण्ड अन्तरगत चितवनको कालिका नगरपालिका ९ चुनखानीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोर तर्फ आउदैँ गरेको ना.३६प.२१९९ नम्बरको मोटरसाइकल मंगलबार विहान १० बजेको समयमा दुर्घटना हुदाँ अन्दाजी ६०/६२ बर्षकी हस्तमाया मगरको घटना स्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल चालक चितवन रत्ननगर नगरपालिका ११ बस्ने अन्दाजी बर्ष ३५/३६ का फत्ते बहादुर मगर घाइते भएका छन् । दुबै खुट्टा, हात तथा ढांडमा चोट लागेको उनको अवस्था मध्यम रहेको छ । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।
उनिहरु आमा छोरा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेका थिए ।
स्थानीय टिका गुरुङका अनुसार यस सडकखण्डमा दुर्घटना बढ्दो छ । उनका अनुसार गत बर्ष यस सडक खण्ड अन्तरगत गढी नजिकै इच्छाकामना २ ल्याम्धर र बायोडाडाँ भन्ने स्थानमा तीन वटा मोटरसाइकल दुर्घटना भएका थिए । ती दुर्घटनामा दुई जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका थिए ।