चितवन, २५ जेठ । जिल्ला प्रहरी कार्यालय चितवनले ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ। तनहुँ जिल्ला घर भै हाल चितवन भरतपुर महानगरपालिका ७ मा आमासँग बस्दै आएकी ८ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा उदयपुर जिल्ला कटारी नगरपालिका ६ घर भै हाल भरतपुर महानगरपालिका ९ बस्ने ३८ वर्षका दिपमान सिंह राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुर्य बहादुर थापाले जानकारी दिए।
पिडित परिवारसँग २ वर्षदेखि सामान्य चिनजान रहेका राईले आफ्नै घर डेरामा खेलीरहेको बेला घरमा कोहि नभएको अवस्थामा मौका छोपी बालिकालाई यहि जेठ २३ गते आइतबार जबरजस्ती करणी गरेको थियो।
सोहि आरोपमा प्रहरीले आरोपित राईलाई सोहि दिन पक्राउ गरि सम्मानित अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।