चितवन, २४ जेठ ।
मुग्लिङ हाईवे हस्पिटललाई रोटरी क्लब चितवनले स्वास्थ्य समाग्री सहयोग गरेको छ।
“स्वार्थ भन्दा माथी सेवा” भन्ने मूल नाराका साथ रोटरी क्लब अफ चितवनले मुग्लिङ हाईवे हस्पिटललाई १० थान वेड सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो। इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष कृति कुमार श्रेष्ठ र वडा नं. ५ का वडाध्यक्ष मोदराज सिलवालको विषेश आतित्थ्यतामा एक समारोह बीच रोटरी क्लब अफ चितवनका अध्यक्ष रोशन पिया र पूर्ब अध्यक्ष उत्तमलाल चुकेले करिब २ लाख ५१ हजार ५ सय रकम बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
क्लबले १० थान मेडिकल बेड, ४० थान एन्टिजेन किट, २ थान थर्मल गन, ५० थान थर्ममीटर, २ रोल एक्सरे फिल्म, ग्लोब ५ बक्स, ग्क्न् प्रिंटर पेपर ५ रोल, ५० हजार बराबरको अक्सिजन रिफल सुविधा सहित विभिन्न औषधी हस्पिटललाई प्रदान गरेको रोटरी क्बल अफ चितवनको अध्यक्ष रोटरियन रोसन पियाले बताउनुभयो ।
उहाँले आफ्नो बिद्यार्थीकालमा नै मुग्लिङसँग भाबनात्मक सम्बन्ध रहनुका साथै भौगोलीक बिकटता र धेरै सवारी दुर्घटना हुने क्षेत्र भएकोले आकस्मिक स्वास्थ्य सेवाको अपरिहार्यताको कारण पनि यस हस्पिटललाई सहयोग गर्न आफूहरु बढी प्रेरित रहेको बताउनुभयो ।
त्यस्तै उहाँले कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचार कार्यमा सहयोग पु¥याउन पाएकोमा हर्ष र गर्वको अनुभूति भएको अध्यक्ष पियाले बताउनु भयो ।
हस्तान्तरण समारोहमा क्लबका सह–सचिव गोपाल भट्टराई, निर्वाचित अध्यक्ष रोटरियन ज्ञानेन्द्रमान शाक्य, रोटरियन ज्ञानेन्द्र श्रेष्ठ, रोटरयाक क्लब अफ चितवनका अध्यक्ष रोशन खरेल, ब्यबस्थापक एवं रोट्रयाक्ट अफ चितवनका सदस्य सायल पाण्डे सहित हस्पिटलका संचालकहरुको उपस्थिति रहेको थियो ।