Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शुक्लागण्डकी एफएमका अध्यक्ष स्वर्गीय श्रेष्ठको स्मृतिमा ३ लाख रुपैयाको अक्षयकोष स्थापना

शुक्लागण्डकी एफएमका अध्यक्ष स्वर्गीय श्रेष्ठको स्मृतिमा ३ लाख रुपैयाको अक्षयकोष स्थापना

३ विधामा क्रियाशिल व्यक्तिलाई सम्मान गरिने  

इच्छाकामना न्युज

२३, जेठ २०७८
शुक्लागण्डकी एफएमका अध्यक्ष स्वर्गीय श्रेष्ठको स्मृतिमा ३ लाख रुपैयाको अक्षयकोष स्थापना
images

तनहुँ, २३ जेठ ।  तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा अक्षयकोष घोषणा गरिएको छ। रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनको गएको जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो।  स्व. श्रेष्ठको स्वर्गारोहण भएको १३ दिनको पुण्यतिथिमा आइतवार ३ लाख रुपैयाको अक्षय कोषको स्थापना गरिएको हो। 

images
images

समितिका निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले कोषको घोषणा गर्दै विभिन्न ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई वार्षिक रुपमा नगदसहित सम्मान गरिने जानकारी दिए। रेडियोका शेयरधनी सदस्यहरुबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट समेत जम्मा हुने गरि सो बराबरको अक्षयकोष स्थापना गरिएको उनले बताए।  

सो रकमबाट प्राप्त ब्याजले आगामी २०७९ साल असोज ४ गते रेडियो स्थापना भएको दिनको अवसर पारेर नगदसहित सम्मान गरिने छ। यसअघि रेडियोको शुक्रवार बरिष्ठ उपाध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो।  पत्रकारिता, साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशिल व्यक्तिलाई सम्मान गरिने उनले जानकारी दिए। 

तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति गरि तीन विधामा सम्मान गरिने छ।  स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो उनले उल्लेख गरे।  

स्व. श्रेष्ठको स्मृतिमा खडा गरिएको अक्ष कोषलाई व्यवस्थित बनाउन आवश्यक विनियम निर्माणका लागि रेडियोका निवर्तमान अध्यक्ष श्री नारायण श्रेष्ठको संयोजकत्वमा आनन्द सुन्दर श्रेष्ठ (सल्लाहकार) र राजन उपाध्याय (स्टेसन मेनेजर) सदस्य रहेको समिति गठन गरिएको रेडियोले जनाएको छ। स्व. श्रेष्ठ रेडियोका संस्थापक उपाध्यक्ष हुन।  

images
प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - २०:११:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology