Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अमेरीका  निवासी गुरुङद्वारा पत्रकार महासंघ तनहुँको पत्रकार कल्याणकारी कोषमा १०  हजार बढी सहयोग 

अमेरीका  निवासी गुरुङद्वारा पत्रकार महासंघ तनहुँको पत्रकार कल्याणकारी कोषमा १०  हजार बढी सहयोग 

images

इच्छाकामना न्युज

२३, जेठ २०७८
अमेरीका  निवासी गुरुङद्वारा पत्रकार महासंघ तनहुँको पत्रकार कल्याणकारी कोषमा १०  हजार बढी सहयोग 
images

दमौली, २३ जेठ । तनहुँको व्यास नगरपालिका वडा नं. ४ स्थायी घर  भई हाल अमेरीकाको न्यूयोर्क निवासी सुुवास गुरुङ्गले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको पत्रकार कल्याणकारी कोषमा  सहयोग रकम प्रदान  गर्नुभएको छ ।

गुरुङले कोषका लागि १० हजार ५ सय ५५ रुपयाँ सहयोग गर्नु भएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेलाई आइतबार  सहयोग रकम  हस्तान्तरण गर्दै गुरुङले  जिल्लाको संचार क्षेत्रको विकासमा  खर्च हुने कोषका लागि आफुले सहयोग गरेको बताउनुभयो । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको अभियानमा सहयोग  गर्नपाएकोमा आफुलाई खुशी लागेको गुुरुङले बताउनुभयो ।
  
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको  १२ औं साधारणसभाले  पत्रकार कल्याणकारी कोष स्थापना गर्ने प्रस्ताव पास गरेकोमा पारित प्रस्ताव अनुसार तनहुँ शाखाले कल्याणकारी कोषमा रकम  संकलन अभियान सुरु गरेको हो । जस अन्र्तगत हाल सम्म करिब एक लाख रुपयाँ संकलन भएको तनहुँ शाखाले जनाएको छ  । 

images
प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - १९:३३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology