Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्याङ्जामा पिङ खेल्ने निहुँमा कुटपिट, एक जनाको मृत्यु

स्याङ्जामा पिङ खेल्ने निहुँमा कुटपिट, एक जनाको मृत्यु

इच्छाकामना न्युज

१३, कार्तिक २०७७
स्याङ्जामा पिङ खेल्ने निहुँमा कुटपिट, एक जनाको मृत्यु
images

स्याङ्जा, १३ कार्तिक
 पिङ खेल्ने बिषयमा विवाद हुदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार राति पुतलीबजार नगरपालिका–६ टक्सार कोल्डाँडा पहिरोस्थित मादक पदार्थ सेवन गरी पीङ खेल्ने क्रममा विवाद भएको थियो।

images
images

सोही विवादको निहुँमा पछि कुटपिट गर्दा सोही स्थान बस्ने २९ वर्षीय सूर्य बहादुर गुरुङ गम्भीर घाइते भएका थिए। घाइते गुरुङलाई तत्काल जिल्ला अस्पताल लगिएपनि अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेकोमा उपचारका क्रममा उनको मंगलबार राति मृत्यु भएको हो।

यता स्याङ्गजाका प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीका अनुसार दशैंको समय खानपीनको कार्यक्रम सकेर पिङ खेल्न गएको र फर्कने क्रममा हानाहान हुँदा घटना घटेको जानकारी दिए। अधिकारीले घटना हुनुमा पुरानो रिसिवी पनि हुन सक्ने बताए ।

प्रहरीले घटनामा संग्लग्न रहेको आशंकामा थप २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पुतली बजार नगरपालिका वडा नं –६ पुरीस्वारा बस्ने ३४ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ र ३४ वर्षीय गिर बहादुर गुरुङ रहेका छन् । घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - ०८:३१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology