Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार र आक्रमण प्रयास,अस्पतालद्वारा भत्र्सना

भरतपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार र आक्रमण प्रयास,अस्पतालद्वारा भत्र्सना

इच्छाकामना न्युज

२१, जेठ २०७८
भरतपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार र आक्रमण प्रयास,अस्पतालद्वारा भत्र्सना
images

चितवन, २१ जेठ । भरतपुर अस्पतालले स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहार एवं आक्रमण प्रयासको भत्र्सना गरेको छ ।  अस्पताल विकास समितिको बैठकले उक्त घटनाको भत्र्सना गरेको हो ।अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.रोशन न्यौपानेद्वारा जारी विज्ञप्तिमा भेरी अस्पताल र भरतपुर अस्पतालमा भएका घटनाहरुको घोर भत्र्सना गरिएको हो ।

images
images

विज्ञप्तिमा भरतपुर अस्पताल फार्मेसीमा यही जेठ १७ गते रातीको समयमा ड्यूटीमा रहेका स्वास्थ्यकर्मीमाथि अज्ञात व्यक्तिले दुव्र्यवहार एवं आक्रमण प्रयास गरेको उल्लेख छ । अस्पतालमा भएको उक्त घटनाको सम्बन्धमा आवश्यक छानविन गरी दोषी उपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालय चितवनमा आवश्यक कारवाहीका लागि अनुरोध गरिसकिएको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड १९ संक्रमण महामारीको समयमा अस्पतालको ड्यूटीमा खटिने स्वास्थ्यकर्मीहरुको उच्च मनोबल एवं सुरक्षा प्रत्याभूतिका साथ कार्य गर्ने वातावरण सिर्जना गर्न समेत प्रशासनसँग माग गरिएको छ ।

जेठ १७ गते रातीको समयमा मादक पदार्थ सेवन गरी आएका व्यक्तिले अस्पतालका फार्मेसीमा कार्यरत कर्मचारीमाथि अपशब्द प्रयोग गर्ने र आक्रमणको प्रयास समेत भएको थियो । उक्त घटनाको सिसिटिभी फुटेज सहितको घटना विवरण प्रहरीमा बुझाईएको छ । विज्ञप्तिमा जेठ १३ गते भेरी अस्पताल बाँकेमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक हमला भएको घटनाको पनि निन्दा र भत्र्सना गरिएको छ ।

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - ०९:१२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology