Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ठाकुरले भेटे प्रधानमन्त्रीलाई, ८ मन्त्रालयसंगै अन्य मागबारे पनि छलफल चल्यो

ठाकुरले भेटे प्रधानमन्त्रीलाई, ८ मन्त्रालयसंगै अन्य मागबारे पनि छलफल चल्यो

पत्रपत्रिका

२१, जेठ २०७८
ठाकुरले भेटे प्रधानमन्त्रीलाई, ८ मन्त्रालयसंगै अन्य मागबारे पनि छलफल चल्यो
images

काठमाडौं, २१ जेठ  । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन। प्रधानमन्त्रीलाई भेट्न ठाकुर र महतो बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। ठाकुर र महतो हरेक दुईरतीन दिनमा प्रधानमन्त्रीलाई भेट्न बालुबटार पुग्छन्।

images
images

ठाकुर–महतो खेमा सरकारमा जान लागेको छ। बिहीबारको भेट मन्त्रालय बाँडफाँट टुंगो लगाउन केन्द्रित भएको ठाकुर पक्षले जनाएको छ। ठाकुर पक्षले ८ वटा मन्त्रालय मागेको छ।

ठाकुर पक्षका नेता सुरेन्द्र झाले मन्त्रालयको विषयभन्दा पनि जसपाले उठाएका मुद्दा सम्बोधन गर्न, कोरोना महामारी नियन्त्रण गर्ने, संविधान संशोधन कार्यदलको कार्यविधि बनाउने विषयमा छलफल गर्न ठाकुरलगायत बिहीबार बालुवाटार गएको बताए।

ठाकुरसँगै महतो, शरतसिंह भण्डारी र अनिल झा पनि बालुवाटार गएका थिए। समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - ०८:४८:०५ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology