Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विश्वकप छनौट फुटबल अन्तरगत नेपालले चाइनिज ताइपेईलाई २ गोलले हरायो

विश्वकप छनौट फुटबल अन्तरगत नेपालले चाइनिज ताइपेईलाई २ गोलले हरायो

इच्छाकामना न्युज

२१, जेठ २०७८
विश्वकप छनौट फुटबल अन्तरगत नेपालले चाइनिज ताइपेईलाई २ गोलले हरायो
images

काठमाडौं, २१ जेठ  । फिफा विश्वकप फुटबल छनोट प्रतियोगिता अन्तर्गत नेपाल विजयी भएको छ ।

images
images

कुवेतको जाबेर अल अहमद अन्तराष्ट्रिय खेल मैदानमा गएराति भएको खेलमा चाइनिज ताइपेईलाई २– शुन्य गोल अन्तरले हराउँदै नेपाल विजयी भएको हो । नेपालका लागि खेलको चौथो मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरेर गोलको खाता खोलेका थिए ।

ताइपेईका खेलाडीले बल हातले छोएपछि नेपालले पेनाल्टी पाएको थियो । अर्को गोल खेलको ८१औं मिनेटमा नवयुग श्रेष्ठले गरे । नवयुग परिवर्तित खेलाडीको रुपमा खेलको ६९औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

यो जितसँगै नेपालले विश्वकप छनोटका दुवै खेलमा चाइनिज ताइपेईलाई हराउन सफल भएको छ । यसअघि उसकै घरेलु मैदानमा नेपालले २ शुन्य गोल अन्तरले नै हराएको थियो ।

तालिकामा नेपालको ६ अङ्क भए पनि विश्वकप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ । तर एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । त्यस्तै चाइनिज ताइपेई अङ्कविहीन रहेको छ ।

नेपाल रहेको समूह बी मा अष्ट्रेलिया ४ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपालले आउँदो सोमवार जोर्डनसँग र २८ गते अष्ट्रेलियासँग खेल्दैछ ।

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - ०८:४६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology