Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रदेशको सरकारहरू बजेटको तयारीमा 

प्रदेशको सरकारहरू बजेटको तयारीमा 

सिआईएन

२०, जेठ २०७८
प्रदेशको सरकारहरू बजेटको तयारीमा 

सुसीला श्रेष्ठ, काठमाण्डौ, २० जेठ । प्रदेश १ सरकारले नयाँ आर्थीक वर्षका लागि कोरोना रोकथाम तथा उपचारलाइ केन्द्रित गरेर ३५ देखि ३७ अर्ब रुपैयाँ सम्मको बजेट ल्याउने तयारी गरेको छ । स्वास्थ्य केन्द्रीत वजेटमा कृषि, शिक्षा, पर्यटन प्रवर्द्धन, उद्योग, वाणिज्य, महिला, युवा, अल्पसंख्यकको बिषयलाइ प्राथमिकतामा राखिएको आर्थीक मामीला तथा योजना मन्त्री टेक आङ्बुहाङ् लिम्बुले बताउनु भयो ।

images

प्रदेश २ सरकारले अहिले सम्म वजेटको आकार निश्चित गरिसकेको छैन तर, स्वास्थ्य, शिक्षा, रोजगारी केन्द्रीत कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।  वाग्मती प्रदेश सरकारले भने कोरोनासँग सम्बन्धित योजना र उत्पादनको क्षेत्रलाइ केन्द्रित गरेर करिब ५५ अर्बको बजेट ल्याउने योजना बनाएको आर्थीक मामीला तथा योजना मन्त्री कैलाश कुमार ढुंगेल बताउनुहुन्छ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नलिई बजेट ल्याउन मिल्ने कि नमिल्ने भन्नेमा बहस छ । तर चालु आर्थिक बर्षको तुलनामा केही घटाएर स्वास्थ्य केन्द्रीत बजेट ल्याउने तयारी भने सरकारले गरिरहेको छ । लुम्बिनी प्रदेशले पनि कोरोना नियन्त्रण, राहत र रोजगारीलाइ केन्द्रमा राखि ३६ अर्ब बराबरको बजेट ल्याउने तयारी भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो  ।

कर्णाली प्रदेश सरकारले करिब ३० अर्बको बजेट ल्याउने गरि तयारी सुरु गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चक्र बहादुर बुढाले बताउनुभयो । यथार्त र मितव्ययी वजेट ल्याउने तयारी रहेको बताएको सुदूरपश्चिम प्रदेश सरकार लगभग २४ अर्बको बजेट ल्याउने योजनामा  छ । सातै प्रदेशले यसपटक स्वास्थ्यलाइ केन्द्रमा राखि रोजगारी र उत्पादनमुखी किसिमको बजेट ल्याउने बताएका छन् । 

images
प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - ०९:०८:०७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology