Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोना भन्दा मलको चिन्ता छ धादिङका किसानलाई

कोरोना भन्दा मलको चिन्ता छ धादिङका किसानलाई

इच्छाकामना न्युज

२०, जेठ २०७८
कोरोना भन्दा मलको चिन्ता छ धादिङका किसानलाई
images

धादिङ, २० जेठ । धादिङका किसानलाई यतिबेला कोरोना संक्रमित भईएला भन्ने चिन्ता भन्दा रासायनिक मल नपाईएला कि भन्ने चिन्ता छ ।

images
images

धादिङबेसी स्थित नीलकण्ठ कृषि सहकारीले बुधबार गरेको रासायानिक मल वितरणमा देखिएको किसानहरुको भिडभाडले कोरोनाको भन्दा मल नपाईएला कि भन्न चिन्ता प्रष्ट झल्कन्थ्यो ।

मानो लगाएर मुरी उब्जाउने किसानको यो सिजनमा सरकारले किसानहरुलाई मल दिन नसक्दा देखिने भिड यो पहिलो भने हैन, गत वर्षहरुमा पनि किसानहरुलाई रासायनिक मल लिन यो भन्दा बढी सास्ती व्यहोर्नु परेको थियो ।

बुधबार करिब २ सय देखि ३ सय जना कृषकहरु मल लिन नीलकण्ठ सहकारी प्राङ्गणमा आएका थिए । सहकारीले ल्याएको १ सय बोरा रासायनिक मल १ बोरा बराबर ५ जना कृषकलाई वितरण गरिएको जनाएको छ ।

सहकारीले किसानहरुले माग गरे अनुसार मल वितरण गर्न नसकिएकोले किसानहरुको भिड देखिएको सहकारीका हरि प्रसाद रिजाल बताउँछन् ।

तस्वीरः कृृष्ण शिशिर

images
प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - ०८:३७:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology