Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवनमा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउने तयारी, तर पहिले भन्दा खुकुलो हुने

चितवनमा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउने तयारी, तर पहिले भन्दा खुकुलो हुने

images

इच्छाकामना न्युज

१९, जेठ २०७८
चितवनमा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउने तयारी, तर पहिले भन्दा खुकुलो हुने
images

चितवन, १९ जेठ । चितवनमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने तयारी भएको छ । दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिदैछ । यसपटक केही खुकुलो पारेर निषेधाज्ञाको अवधि बढाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो । कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो ।

यस अवधिमा चितवनमा कोरोना संक्रमणको दर केही घट्न थालेपछि निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भइरहेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले छलफल पश्चात आजै निषेधाज्ञाको अवधि बढाईने जानकारी दिए । ‘जिल्लामा संक्रमणदर घट्दो छ, सबैको सल्लाह अनुसार आज निर्णय लिन्छौँ, केही खुकुलो पार्ने की भन्ने सुझाव छ’–प्रमुख जिल्ला अधिकारी लामिछानेले भने ।

वैशाखमा भएको निषेधाज्ञा केही खुकुलो भए पनि जेठमा भएको निषेज्ञामा कडाइँ गरिएको थियो । प्रहरीले अनावश्यक हिडडुल गर्नेहरुको सवारी साधान २४ घण्टा होल्ड गर्न थालेको थियो भने केहीलाई जरिवाना समेत तिराउने गरेको थियो ।

यस्तै निषेधाज्ञाको अवधिमा खाद्यान्न पसलहरु साताको दिन विहान ३ घण्टा मात्रै खोल्न पाउने गरी कडाइ गरेको थियो । अहिले थप गरिने अवधिमा खाद्यान्न पसलहरुलाई केही खुकुलो पार्ने तयारी छ । यस्तै प्रशासनले थप कडाई गर्दै वाणिज्य बैंकहरु मात्रै साताका तीन दिन संचालन गर्न दिने निर्णय गरेको थियो । यसमा पनि केही परिमार्जन हुन सक्ने बताइएको छ ।

चितवनमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गइरहेको छ । एक समय दैनिकजसो चार सयको हाराहारीमा संक्रमित फेला पर्न थालेका थियो । मंगलबार भने जम्मा १७३ जनामा संक्रमण पुष्टि भयो । चितवनमा हालसम्म कुल संक्रमितको संख्या १३ हजार ८८९ पुगेको छ भने ८ हजार ८२४ जना निको भएका छन् । यस्तै अहिले ४ हजार ८४५ जना सक्रिय संक्रमित रहेका छन् ।

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - १०:२३:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology