Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कपिलवस्तुमा अरुको उपचार गर्दागर्दै स्वास्थ्यकर्मी संक्रमित 

कपिलवस्तुमा अरुको उपचार गर्दागर्दै स्वास्थ्यकर्मी संक्रमित 

images

इच्छाकामना न्युज

१८, जेठ २०७८
कपिलवस्तुमा अरुको उपचार गर्दागर्दै स्वास्थ्यकर्मी संक्रमित 
images

माधव बेल्बासे, कपिलवस्तु, १८ जेठ । स्वास्थ्यकर्मी प्रमोद पौडेल शिवराज आधारभूत अस्पतालमा कार्यरत हुनुहुन्छ । कोरोना अस्पतालको रुपमा निर्माण गरिएको अस्पताल अहिले आइसोलेशनको रुपमा प्रयोग गरिँदै आएको छ ।

यसै आइसोलेसनमा कार्यरत पौडेल कोरोना सङ्क्रमित भएको दश दिन पुग्यो । कोरोना सङ्क्रमितहरुको उपचार गर्दागर्दै सङ्क्रमित भएका पौडेल अहिले होम आइसोलेशनमा हुनुहुन्छ । सङ्क्रमितकै उपचार गरिरहेका पौडेल अहिले आफ्नै उपचार गरिरहनुभएको छ ।

यती मात्र हैन पौडेलले कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा समेत खटिनुभएको थियो । आइसोलेशनमा मृत्यु भएकाहरुको शवलाई जिम्मेवारी पूर्वक व्यवस्थापन गरिरहेको पौडेललाई कोरोना सङ्क्रमण देखिएको शिवराज नगरपालिकाका जनस्वास्थ्य अधिकृत चूडामणि भट्टराईले बताउनुभयो ।

अहिले सम्म यस अस्पतालमा मृत्यु भएका ६ जना सङ्क्रमितको शवलाई स्वास्थ्यकर्मीले व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।  दोस्रो चरणको कोरोना महामारी बाट थलिएका  सङ्क्रमितहरुको  सेवामा निरन्तर खटि रहँदा अन्ततः आफू सङ्क्रमित भएको पौडेलले बताउनुभयो । आफ्नो उच्च मनोबल को कारण महामारीलाई परास्त गर्ने पौडेलले बताउनुभयो । 

images
प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - २१:५२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology