Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सोलुखुम्बुमा कोरोनाका कारण गाउँ फर्कनेहरु बढे, खेतीपाती गर्ने पनि बढ्दै 

सोलुखुम्बुमा कोरोनाका कारण गाउँ फर्कनेहरु बढे, खेतीपाती गर्ने पनि बढ्दै 

इच्छाकामना न्युज

१८, जेठ २०७८
सोलुखुम्बुमा कोरोनाका कारण गाउँ फर्कनेहरु बढे, खेतीपाती गर्ने पनि बढ्दै 
images

सुबास दर्नाल, सोलुखुम्बु, १८ जेठ । कोरोना भाइरस कोभिड १९ का कारण देशका ७५ वटा जिल्लालाई निशेधाज्ञा गरिएको छ । यस संगै विभिन्न पेशा व्यवसायमा आवद्ध मानिसहरु शहरबाट गाउँमा फर्केका छन् । अहलिे खेतीपाती लगाउने समय भएकाले पनि कृषि कर्ममा रहेकाहरुको लागि भने निषेधाज्ञा सुनौलो अवसर भएको छ ।

images
images

सोलुखुम्बु नेचासल्यान गाउँपालिका ३ बेशीगाउँ निबासी सुरेन्द्र फुयाल पेशाले शिक्षक हुनुहुन्छ । साथमा उहाँले केरा खेती पनि गर्दै आउनुभएको छ । कोरोनाको कारण शहरमा रहेका छोराछोरी पनि गाउँ फर्किएका छन् । जसले गर्दा खेतीपातीमा सजिलो भएको उहाँ बताउनुहुन्छ ।

नेपालका लगभग ६५ प्रतिशत मानिस कृषी पेशामा आवद्ध छन । तर विभिन्न कारणले गर्दा गाउँघरको खेतलाइ बाझो राखेर लाखौ युवाहरु विदेश पलयान भएको छन् । कतिपय भने पढाइ र रोजगारीको शिलशिलामा शहरमा पनि छन् ।

अहिले भने विदेशबाट र शहरबाट फर्किएर गाउँ जानेहरु बढेका छन् । गाउँ फर्किएकाहरुले कृषिको कामलाइ प्राथमिकतामा राखेको खिजी देम्बा गाउँपालिका वडा नम्बर १ रगनीका पारस श्रेष्ठले बताउनुभयो ।

देशका विभिन्न ठाउँमा निशेधाज्ञा जारी गरिए पछि विभिन्न पेशा व्यवसाय बन्द हुदा आम्दानी समेत बन्द छ । जसको परिणाम स्वरुप गाउँ केन्द्रित हुनेहरुको सङ्ख्या बढेको र उनीहरु कृषी तथा पशुलान गर्न तर्फ लागेको खोटाङका कृषक जगत किरातीले बताउनुभयो ।  

कोरोना भाइरस कोभिड १९ ले विभिन्न पेशा व्यवासयमा संकट सृजना हुनथालेपनि कृषी पेशामा लागेका मानिसहरुलाई भने कम प्रभाब परेको छ । कोरोना पछि गाउँ फर्कने र खेतीपाती गर्नेहरु बढेका छन् ।  

images
प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - २१:५०:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology