Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

समाजिक उत्तरदायित्व वहन गर्दे व्यास नगर जेसिज

समाजिक उत्तरदायित्व वहन गर्दे व्यास नगर जेसिज

बि.बि. श्रेष्ठ

१८, जेठ २०७८
समाजिक उत्तरदायित्व वहन गर्दे व्यास नगर जेसिज
images

तनहुँ, १८ जेठ । कोभिड १९ ले देश नै आक्रान्त वनिरहेको सन्र्दभमा व्यास नगर जेशिज दमौलीले समाजिक उत्तरदायित्व वहन गर्दे आएको छ ।

images
images

कोभिडका कारण गाँउमा रहेको अशक्त, असहाय निर्धन जनतामा हुने समस्यालाई समाधान गर्नका लागी जेशिजले तनहुँमा घर तथा गाँउवाट अस्पताल सम्म विरामीलाई ल्याउने काम गरेर समाजिक उत्तरदायित्व वहन गरेको व्यास नगर जेसिसका अध्यक्ष लक्ष्मीभक्त खनालले वताउनुभयो । 
मानवताको स्वास्य नै महत्वपुर्ण हो ।

यो लकडाउनमा त्यसमा पनि सार्वजनिक सवारी साधन नचल्ने, एम्वुलेन्समात्रको सेवाले विरामीले समयमा नै उपचार पाँउन नसक्दा अकालमा नै ज्यान गुमाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दे विरामी तथा अशक्तलाई निशुल्क सवारी साधनका माध्यामवाट सेवा दिएका छौ, जसले गर्दा अशक्त तथा असहाय जनताले समयमा नै सेवा पाओस, अध्यक्ष लक्ष्मीभक्त खनालले वताउनुभयो । 

गर्भवती महिलालाई जिल्ला अस्पतालसम्म र जिल्ला अस्पतालमा सम्भव नभए पोखरा सम्म निशुल्क रुपमा सवारी साधनमार्फत हामीले डेलिभरी गरेका छौ । आर्थिक विपन्नता भएका व्यक्तिले हाम्रो यस कार्यले धेरै नै राहत पुरयाउने विश्वास लिएका छौ, अध्यक्ष खनालले भन्नुभयो । 

जिल्ला प्रशाशन कार्यलय लगायत सम्वन्धित क्षेत्र सँग नै समन्वय गरेर व्यास नगर जेशिज ले निशुल्क सवारीको व्यवस्थापन गरेका हौ । जिल्लाभर जहाँ भएता पनि सकेसम्म सेवा दिदै आईरहेको समेत वहाँले वताउनुभयो । हालसम्म अफठयारोमा परेका ८ जनाको परिवारलाई सेवा दिईसकेको छौ । असहाय र अशक्तको घरवाट विरामीको लाई जिल्ला अस्पताल सम्म निशुल्क सवारी साधन उपलव्ध गराएका छौ । मानव सेवा नै  जेसिसको कर्म हो । यसलाई हामीले आफनो कर्म ठानेका छौ, संचारकर्मी तथा समाजसेवी शैलेस खातीले वताउनुभयो । 

भानु नगरपालिका वडा नं ५ मा रहेको गोलढुङ्गाका स्थानिय विभामाया सुनारलाई हात खुटा नचल्ने र रक्तचाप वढि भएको हुदाँ निशुल्क रुपमा सवारी साधनमार्फत जिल्ला अस्पताल सम्म सेवा दिन लागेका हौ, अध्यक्ष खनालले वताए । जेसिजका यो कार्यले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई धेरै ठुलो राहत मिलेको र विरामीले सहि समयमा नै उपचार पाउने विरामीका वुहारी सरिता सुनारले वताईन । 

images
प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - २०:१०:२४ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology