Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

समाजसेवी अग्रवाल परिवारद्वारा विपन्न तथा मजदुर वर्गलाई खाद्यान्न सहयोग

समाजसेवी अग्रवाल परिवारद्वारा विपन्न तथा मजदुर वर्गलाई खाद्यान्न सहयोग

images

इच्छाकामना न्युज

१७, जेठ २०७८
समाजसेवी अग्रवाल परिवारद्वारा विपन्न तथा मजदुर वर्गलाई खाद्यान्न सहयोग
images

चितवन,१७ जेठ । समाजसेवी उमाशंकर अग्रवालसहितको परिवारले भरतपुर नारायणी नदी किनार लिलाचोकमा अश्रित विपन्न मजदुरलाई खाद्यान्न सहयोग गर्नुभएको छ । भरतपुर १ लिलाचोकमा रहेका ५० घर परिवारलाई अग्रवाल परिवारले खाद्यान्न सहयोग गरेको हो ।

लडकडाउनका ज्याला मजुदरी गर्नेहरुमा आर्थिक अभावले गर्दा बिहान वेलुकाको छाक टार्न समेत समस्या भएको अवस्था देखेपछि उहाँहरुलाई खाद्यान्न सहयोग गरिएको समाजसेवी उमाशंकर अग्रवालले जानकारी दिनुभयो ।

विगतमा समेत विभिन्न ठाँउका विपन्न तथा गरिबलाई सहयोग गर्दै आएका अग्रवाल परिवारले आफ्नै घर नजिक नारायणी नदी किनार आसपासमा मजुदरी गर्न नपाएका कारण समस्यामा देखिपछि यो पटक समेत आफुहरुले १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको जानकारी दिनुभयो । सो अवसरमा चामल, सोयाविन मस्यौरा, दाल, तेल, चाउचाउ, विष्कुट र भुजा लगायतका खाद्य सामाग्री सहयोग गरिएको थियो ।

लकडाउनको मारमा परेका मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले आफुहरुको विगतदेखिको परम्परालाई निरन्तरता दिदै गरिएको सहयोगले विपन्नमा खुसी छाएको युवा व्यवसायी समेत रहेका समाजसेवी चन्दन अग्रवालले बताउनुभयो ।

‘अब लकडाउनकै कारण हाम्रो आसपास कसैले पनि भोकभोकै बस्नुपर्ने छैन,’ उहाँले भन्नुभयो, ‘विपन्न परिवार र दैनिक ज्यालादारी मजदुरलाई आवश्यकताको पहिचान गरेर खाद्यान्न उपलब्ध गराएका छौँ।’ यसमा सबै मिलि सक्नेले नसक्नेलई सहयोग गर्नुपर्छ ।

उहाँकै छोरा व्यवसायी चन्दन अग्रवालले बाँदर र गाईलाई समेत नियमित खाना खुवाउँदै आउनुभएको छ । गत वर्षको चैतदेखि निरन्तररुपमा दैनिक बागेश्वरी र देवघाट क्षेत्रमा रहेका बाँदर र छाडा गाईलाई समेत उहाँहरुले नियमित खाना खुवाईरहनुभएको छ । राहत वितरणमा रन्जन अग्रवालसहित उहाँहरुको परिवारमा नै सरिक थियो ।

राहत पाएसगैँ स्थानियले आफ्नो छिमेकी भएर बसेका व्यवसायी अग्रवाल परिवारले गरेको सहयोग प्रति खुसी हुदै आभार व्यक्त गरेका थिए । अग्रवाल परिवारले सञ्चालन गरेको उमाशंकर ट्रष्टद्वारा बागेश्वरीमा गौ धर्मशाला र केदारनाथ गीतादेवी आश्रम समेत रहेको छ ।

images
प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - २०:१४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology