पोखरा, १५ जेठ । पर्वत महाशिला गाउँपालिका-४, लाम्तुन हाल पोखरा निवासी तमू सञ्चारकर्मी किरण गुरुङले आफ्नो जन्मथलो स्थित कोरोना अस्पताललाई जिन्सी तथा खाद्यान्न सहयोग गरेकी छिन् ।
गुरुङले महाशिला गाउँपालिका पर्वतले सञ्चालन गरेको कोरोना अस्पतालका लागि गाँउपालिकाका अध्यक्ष राजु पौडेललाई गत शुक्रबार पोखरामा तपशिलका खाद्यान्न तथा स्वास्थ्य प्रोटोकोलका सामान हस्तान्त्रण गरेकी हुन्।
गुरुङले खाद्यान्नमा ३ बोरा चामल, ५ किलो क्वाटी, १० लिटर तेल र स्वास्थ्य प्रोटोकोलमा २५० पिस सर्जिकल मास्क, ६ थान फेश सिल र १००० प्यारासिटामोल सहयोग गरेकी छिन् ।
आफ्नो जन्मथलोमा कोरोनाले अस्तव्यस्त बनाएको दुःखद् र कठीन परिष्थितीमा सहयोग गरेको भन्दै गाँउपालिका अध्यक्ष पौडेलले गुरुङलाई धन्यवाद समेत दिनुभयो ।