Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रुपन्देहीमा आफ्नै जन्मदिने बाबुको हातखुट्टा बाँधेर छोराले दिए यातना (भिडियो सहित)

रुपन्देहीमा आफ्नै जन्मदिने बाबुको हातखुट्टा बाँधेर छोराले दिए यातना (भिडियो सहित)

इच्छाकामना न्युज

१५, जेठ २०७८
रुपन्देहीमा आफ्नै जन्मदिने बाबुको हातखुट्टा बाँधेर छोराले दिए यातना (भिडियो सहित)
images

बुटवल, १५ जेठ । रुपन्देहीमा एक वृद्धलाई बाँधेर यातना दिएको पाइएको छ । सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

images
images

रुपन्देहीको गैडहवा गाउँपालिका–८ मैनैयामा बिहीवार सुरेश गुरुङलाई बाँधेर यातना दिएको भेटिएको हो । सुरेश भारतीय सेनाबाट अवकास प्राप्त हुन् ।

गैडहवा गाउँपालिका मैनैयास्थित कान्छीबजार नजिकै घरमै उनलाई बाँधिएको अवस्थामा भेटिएको अवस्थामा स्थानीय निमबहादुर भण्डारीले भिडियो खिचेर सार्वजनिक गरिदिएका थिए ।

सुरेशले छोरा अमन र श्रीमती मायाले आफूलाई बारम्बार यातना दिने गरेको बताएका छन् । भिडियोमा नै छोराले आफूलाई किन बाँधेको ? भन्दै प्रश्न गरिरहेको सुन्न सकिन्छ ।

भिडियोमा नै सुरेशलाई कुटपिट गरेको पनि देखिएको छ । सुरेशका छोरा अमनले बाँध्नु नपर्ने काम गर्नुपर्ने बताएको भिडियोमा सुनिएका छन् ।

बारम्बार घरायसी झगडा हुने गरेको स्थानीयहरु बताउँछन् । वडाध्यक्ष भुवन रानाले विगतमा पनि सो परिवारमा बारम्बार झगडा हुने गरेको जानकारी भएको तर यसपटक के भएको हो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १०:१५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology