पोखरा, १५ जेठ । कोरोना संक्रमणका कारण निधन भएका मृतकका परिवारलाई संजीवनी दिदीबहिनी केन्द्र नेपालले आर्थिक सहयोग गरेको छ। केन्द्रले पुरानो घर पर्वत महाशिला ५ लामे भंगेरे भई हाल बुटवल कालिकानगर बस्दै आएका एक परिवारलाई आर्थिक सहयोग गरेको हो।
कोरोनाका संक्रमणका कारण एकै घरका ३ जना गुमाउनु परेका पिडित परिवारलाई नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको केन्द्रका अध्यक्ष बिना गुरुङले जानकारी दिए। यस्तै पारिवारिक दुःखद बिछोडमा रहेको उक्त परिवारलाई थप आर्थिक सहयोगको लागि अपेक्षा गरिएको समाजसेवी किरण गुरुङले बताए ।
पिडित परिवारका नर बहादुर गुरुङ, मनसुवा गुरुङ र छोरा प्रेम गुरुङ ३ जनाको कोरोनाका कारण एक हप्तामै ३ जनाको मृत्यु भएको थियो भने सोही परिवारका बुहारीमा पनि कोरोना संक्रमण देखिएको कारण आईसोलेसनमा राखिएको छ। यस्तै परिवारकै ६ वर्षिय छोरोमा भने संक्रमण नदेखिएकाले अन्तै आफन्त कहाँ राखिएको छ।