पोखरा, १५ जेठ । सञ्जीवनी दिदीबहिनी केन्द्र नेपालद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन खरिद गर्न आर्थिक सहयोग गरेको छ । सञ्जीवनीका अध्यक्ष विना गुरुङले अस्पतालका प्रा.डा. भरत बहादुर खत्रीलाई शुक्रबार अक्सिजन खरिद गर्न करीब सत्तरी हजार बराबरको चेक हस्तान्तरण गरेकी छिन् । अस्पतालको लागि डा. नरेन्द्र गुरुङ र डा. सुवाष गुरुङले कोर्डीनेट गरेका थिए । त्यस्तै सहयोग हस्तान्तरणमा गुरुङ सहित सचिव कौसिला गुरुङ, प्रचार प्रसार संयोजक किरण गुरुङ र सदस्य मिलन थापा उपस्थित थिए ।
संजीवनीले गरिबिको रेखामुनी रहेर आफ्नो पढाईलाई निरन्तरता दिन नसकेका छोरी तथा बुहारीहरुलाई पढाउने उद्धेश्यले स्थापित यो संस्थाले देशलाई कोभिड १९ ले प्रभावित बनाई अक्सिजन अभावका कारण धेरै नेपालीले ज्यान गुमाएकोले केही हदसम्म भएपनि अस्पताललाई राहत पुगोस भन्ने उद्धेश्यले संजीवनी दिदीबहिनी केन्द्रले अस्पताललाई सहयोग गरेको अध्यक्ष बिना गुरुङले जानाकारी दिए ।