Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवन प्रहरीले २७० किलो गाँजा सहित एक जना भारतिय नागरिकलाई समात्यो

चितवन प्रहरीले २७० किलो गाँजा सहित एक जना भारतिय नागरिकलाई समात्यो

images

इच्छाकामना न्युज

१३, जेठ २०७८
चितवन प्रहरीले २७० किलो गाँजा सहित एक जना भारतिय नागरिकलाई समात्यो
images

चितवन, १३ जेठ । चितवनमा २७० केजी गाँजा सहित एक जना भारतिय नागरिक पक्राउ परेका छन । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका १ स्थित प्रहरी विट लोथरबाट ट्रकमा लुकाइछुपाइ ओसारपसार गर्दै गरेको गाँजा बरामद गरेको हो । 

भारतिय नम्बर प्लेटको एनएल ०१ एन ५८६७ नम्वरको ट्रकमा खानतलासी गर्दा २७० केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीले ओसारपसारमा संलग्न ट्रक र ट्रकका चालक भारत बिहारको पुर्वी चम्पानगर घर भएका २५ बर्षिय पिन्टु कुमारलाई पक्राउ गरेको छ । चितवन जिल्ला अदालतबाट म्याद थप भई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - १९:४२:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology