चितवन,२२ जेठ । चितवनमा निषेधाज्ञा ७ दिन थप गरिएको छ ।जिल्ला प्रशासन कार्यालयले चितवनले आज सूचना जारी गर्दै १३ गतेदेखि राती १२ बजेदेखि लागू हुने गरी जेठ २० गते रातिसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ २० गतेसम्म निषेधाज्ञा गर्न डिसिसिएम चितवनले सिफारिस गरेको बाताए । सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । भोलि जेठ १३ गते दोस्रो चरणको निषेधाज्ञा सकिदैँछ ।




