Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवनमा पनि निषेधाज्ञा थपिने, आज बस्ने डिसिसिएमसी बैठकले निर्णय गर्ने

चितवनमा पनि निषेधाज्ञा थपिने, आज बस्ने डिसिसिएमसी बैठकले निर्णय गर्ने

images

इच्छाकामना न्युज

१२, जेठ २०७८
चितवनमा पनि निषेधाज्ञा थपिने, आज बस्ने डिसिसिएमसी बैठकले निर्णय गर्ने
images

चितवन, १२ जेठ । चितवनमा कोरोनाभाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा थपिने भएको छ । वैशाख १६ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको थियो । थप गरिएको निषेधाज्ञाको समय भोली राति १२ बजेबाट सकिँदै छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठक आज बस्ने र त्यसको सिफारिस अनुसार नै निषेधाज्ञाको समय थप गरिने बताउनुभयो । कोभिड–१९ संक्रमण दर केही घटेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्न लागिएको जानकारी दिनुभयो ।

चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार ८३४ जना रहेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा १६२ जना र होम आइसोलेसनमा चार हजार ६५८ जना रहेका छन् । चितवनमा कोरोना संक्रमणबाट २०६ जनाले ज्यान गुमाएका छन् ।

images
प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - ०९:३१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology