Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजको मौसमः आंशिकदेखि सामान्य बदली हुने पूर्वाअनुमान 

आजको मौसमः आंशिकदेखि सामान्य बदली हुने पूर्वाअनुमान 

इच्छाकामना न्युज

१०, जेठ २०७८
आजको मौसमः आंशिकदेखि सामान्य बदली हुने पूर्वाअनुमान 
images

काठमाण्डौ, १० जेठ । देशका अधिकांश क्षेत्रमा आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा केही प्रभाव पर्ने देखिएको हो ।

images
images

अहिले प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आज आंशिक बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी क्षेत्रका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती, तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र आज बेलुकासम्ममा यास चक्रवातमा परिणत भई भोलिसम्ममा अति धेरै शक्तिशाली चक्रवात बन्ने देखिएको मौसमविदले बताएका छन् ।

चक्रवातको केही असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । सो प्रणालीका कारण भोलि अपरान्हपछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ ।

यसले गर्दा उच्च हिमाली भू–भागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबारदेखि केहि दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन मौसमविदले आग्रह गरेका छन् । 

images
प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - ०९:३४:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology