Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना भाइरसको नाममा जथाभावी सहयोग रकम संकलन नगर्न जिल्ला प्रशासन चितवनको आग्रह

कोरोना भाइरसको नाममा जथाभावी सहयोग रकम संकलन नगर्न जिल्ला प्रशासन चितवनको आग्रह

images
कोरोना भाइरसको नाममा जथाभावी सहयोग रकम संकलन नगर्न जिल्ला प्रशासन चितवनको आग्रह
images

चितवन, ९ जेठ । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरसका नाममा जथाभावी रकम संकलन नगर्न आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै प्रशासनले एकद्धार प्रणाली अन्तरगत रहेर मात्रै आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।

कोरोनाको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न संघसंस्थाहरुले आफूखुशी कोषहरु स्थापना गर्न खोजेको भन्दै त्यसो नगरी एकद्धार प्रणालीमा रहेर सहयोग गर्न आग्रह गरेको हो ।

प्रशासकीय अधिकृत खेमराज पौडेलद्धारा जारी सूचनामा भनिएको छ–‘कोभिड–१९ को रोकथाम एवं नियन्त्रणका लागि कसैले स्वेच्छिक रुपमा रकम गर्न चाहेमा एकद्धार प्रणाली अन्तरगत रही राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार परिसर शाखामा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं.१९६०००००११०१ मा रकम जम्मा गरिदिनु हुन सबैमा अनुरोध छ ।’

images
प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - १२:५५:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology