Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखाको गण्डकी र शहिद लखन गाउँपालिकालाई स्वास्थ्य सामाग्री खरिद गर्न प्रदेश सरकारबाट ५ लाख प्रदान

गोरखाको गण्डकी र शहिद लखन गाउँपालिकालाई स्वास्थ्य सामाग्री खरिद गर्न प्रदेश सरकारबाट ५ लाख प्रदान

images
गोरखाको गण्डकी र शहिद लखन गाउँपालिकालाई स्वास्थ्य सामाग्री खरिद गर्न प्रदेश सरकारबाट ५ लाख प्रदान
images

पोखरा, ८ जेठ । गोरखाको गण्डकी र शहिद लखन गाउँपालिकालाई स्वास्थ्य सामाग्री खरिद गर्नको लागि गण्डकी प्रदेश सरकारबाट जनही ५ लाख रुपैयाँ सहयोग आएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी लिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुवै पालिकालाई प्रदेश सरकारको तर्फबाट जनही ५ लाख रुपैयाँ सहयोग पठाएको हो।

गोरखाका अन्य पालिका सबैलाई पनि यो रकम उपलब्ध गराउने निर्णय गरेका छन्। शुक्रबार उक्त मन्त्रालय पुगेर पदभार ग्रहण गरेपछि मन्त्री गुरुङले स्वास्थ्य पूर्वाधार विकासका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेका हुन् । मन्त्रालयद्धारा बिनियोजित उक्त रकम स्वास्थ्य सुरक्षा सामग्रीसहित कोभिड रोकथामका काममा पालिकाहरुले खर्चन सक्ने छन् ।

‘सरकारले स्वास्थ्य मन्त्रालय स्मार्ट बनाउने हो, अब स्मार्ट हेल्थको कार्यक्रम अघि बढाउने हो, जिल्ला अस्पतालहरुको सुदृढीकरण गर्ने हो’–मुख्यमन्त्री गुरुङले निर्णय सार्वजनिक गर्दै भने ।

मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्ती अनुसार गोरखाको गोरखा नगरपालिका बाहेक सबै स्थानीय तहलाई रकम आएको छ । गोरखा  १० सहित प्रदेशभरका प्रत्यक ७३ स्थानीय तहलाई पाँच लाखका दरले उपलब्ध गराईएको हो।

images
प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - ०८:३९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology